Logo
Logo
समाज

चीनले भन्यो- ‘केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती’

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १४ गते १३:४७
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ। चीन र नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित केरुङ नाकामा गएको भीषण पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शनिवार बिहान १ बजेसम्मको विवरणअनुसार ५ सय ५४ जना अझै बेपत्ता रहेका छन् ।

विपत्ति लगत्तै उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । उद्धारकर्ताहरू कम्मरसम्म आउने बाक्लो हिलो र लेदो छिचोल्दै पहिरोग्रस्त क्षेत्रको मुख्य भागसम्म पुग्ने प्रयास गरिरहेका छन् । कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।

चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने यो नाका नेपालसँगको व्यापारका लागि महत्वपूर्ण बिन्दु मानिन्छ । पहिरोका कारण भएको जनधनको क्षतिको विवरण संकलन गर्ने र बेपत्ताहरूको खोजी गर्ने कार्यलाई स्थानीय प्रशासनले तिब्रता दिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित