चम्पादेवी दर्शन गर्न हिँडेका यात्रु बोकेको जिप दुर्घटना,९ जना घाइते

काठमाडौं : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –०२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सोमबार बिहान ७:१५ बजेतिर निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे,अस्थायी प्रहरी पोष्ट मिलनचोक,जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएकोले निज घाइतेहरूको उपचार भइरहेको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा सिद्धिचरण नगरपालिका–२ बस्ने ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की,उनको १ वर्षीय छोरा रोयन मंग्राती,२९ वर्षीय सबिन आचार्य,७ वर्षीय आयुश मंग्राती,७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली,उनक रमिला नेपालीका ६ वर्षीय छोरा प्रबिन मंग्राती,३२ वर्षीया मिना मंग्राती रहेका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




