Logo
Logo
समाचार

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

चालु आर्थिक वर्ष २०८३/८४ को शुरुवाती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैंयाँ बजेट खर्च गरेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १ गते १६:५६
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को शुरुवाती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैंयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैंयाँ बराबर छ। जुन वार्षिक लक्ष्यको नौं दशमलव ४१ प्रतिशत हुन आउँछ।

कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म नौं दशमलव छ प्रतिशत बजेट खर्च गरेको छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैंयाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख रुपैंयाँ खर्च भएको हो।

त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैंयाँ बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको एक दशमलव ७८ प्रतिशत अर्थात् सात अर्ब ६६ करोड ४८ लाख रुपैंयाँ मात्रै खर्च भएको कार्यालयको तथ्यांकबाट देखिन्छ।

वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६ दशमलव ५९ प्रतिशत छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैंयाँ विनियोजन भएकोमा भदौ मसान्तसम्ममा ७० अर्ब १३ करोड ७० लाख रुपैंयाँ बराबर खर्च भएको देखिएको हो।

यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ। भदौ मसान्तसम्मको कुल राजश्व संकलन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत अर्थात् एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैंयाँ छ। पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब नौ अर्ब ७२ करोड रुपैंयाँले बढी रहेको छ।

कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख रुपैंयाँ उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२ दशमलव २९ प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैंयाँ संकलन भएको छ।

त्यस्तै, गैरकर राजश्वतर्फ एक खर्ब ७७ अर्ब रुपैंयाँ उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम्म छ दशमलव नौ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ६९ लाख रुपैंयाँ उठेको छ। चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख रुपैंयाँ प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा आठ दशमलव ९६ प्रतिशत अर्थात् पाँच अर्ब ५३ करोड रुपैंयाँ बराबर भित्रिएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित