चालू आवको तीन महिनामा ४२ अर्ब ३२ करोड ५१ लाख वैदेशिक सहायता प्राप्त
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ। यस वर्ष साउन, भदौ र असोज गरी तीन महिनामा नेपालले कुल ४२ अर्ब ३२ करोड ५१ लाख ९२ हजार ७०२ रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।
प्राप्त वैदेशिक सहायतामा ३४ अर्ब ३४ करोड दुई लाख २८ हजार ४७० रुपैयाँ ऋण र सात अर्ब ९८ करोड ४९ लाख ६४ हजार २३१ अनुदान छ।
सरकारले यस वर्ष दुई खर्ब ४७ अर्ब २८ करोड सात लाख ऋण र ६१ अर्ब ७४ करोड ५४ लाख अनुदान गरी कुल तीन खर्ब नौ अर्ब दुई करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्तिको लक्ष्य राखेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वार्षिक लक्ष्यको १३।६९ प्रतिशत वैदेशिक सहायता प्राप्त भएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले प्राप्त गरेको वैदेशिक सहायता प्रतिबद्धता भने ज्यादै न्यून छ। ०८३ साउनदेखि असोज मसान्तसम्मको अवधिमा कुल ६ अर्ब ८७ करोड ११ लाख वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार, यस वर्ष साउनमा दुई अर्ब २० करोड ३८ लाख, भदौमा एक अर्ब ९३ करोड ७३ लाख र असोजमा दुई अर्ब ८७ करोड ११ लाख रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




