चाडपर्वमा हवाई भाडा बढेको गुनासोपछि क्यानको पहल, स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति
नजिकिँदो चाडपर्वका बेला आन्तरिक हवाई भाडा बढाइएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीहरूबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति भएको छ।

काठमाडौँ । नजिकिँदो चाडपर्वका बेला आन्तरिक हवाई भाडा बढाइएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीहरूबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा प्राधिकरणले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग छलफल गरेको हो।
छलफलमा यात्रुलाई स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने र त्यससम्बन्धी जानकारी वायुसेवा कम्पनीहरूले आफ्ना टिकट बिक्री तथा वितरण प्लेटफर्ममार्फत सार्वजनिक गर्ने सहमति भएको छ। चाडपर्व नजिकिँदै गर्दा हवाई टिकटको मूल्य बढेको भन्दै यात्रुबाट गुनासो आउन थालेपछि सरकारले भाडादरको विषयमा चासो देखाएको हो। सोहीअनुसार प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई छलफलमा बोलाएर टिकट बिक्री तथा भाडादरसम्बन्धी विषयमा सहमति जुटाएको हो।
आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर भने यसअघि नै निर्धारण गरिएको छ। तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट २०७२ मंसिर २७ गते आन्तरिक हवाई सेवाका लागि न्यूनतम र अधिकतम भाडादर निर्धारण गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




