Logo
Logo
समाचार

बिक्रीमा राखिएका जमरा

जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ४ गते १८:०३
४५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ । 

जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो । तर पनि नागरिकले बिहान दुर्गा विसर्जनपछि टीका लगाउन सुरु गरेका थिए ।

आज टीकाका दिन बिहान काठमाडौँका कतिपय स्थानमा जमरा बिक्रीका लागि राखिएको पनि देखियो । काठमाडौँको स्वयम्भूस्थित भगवान पाउमा केही व्यक्तिले घरैमा उमारेका जमरा बिक्रीका लागि राखेका थिए ।

यसो हेर्दा जमरा पनि बिक्री होला र भन्ने लागे पनि मानिसहरुले जमरा खरिद गरिरहेका पनि थिए । दसैँमा जमरा लगाउनु समृद्धिको प्रतीक मानिने भएकाले घटस्थापनाका दिन नै देवीको आह्वान गरेर जलको घडासँगै जमरा राख्ने प्रचलन छ । 

जमरा पहेँलो राम्रो हुने भएकाले घर या व्यक्तिका निवासका घाम नपर्ने र चोखो कुनामा या पूजा कोठा तथा स्थानमा जमरा राख्ने गरिन्छ । दसैँमा जमरा राखिएको स्थानलाई जमरा घर पनि भन्ने प्रचलन छ ।  

यसरी राखिएको जमरा आज दसैँका दिन टीकासँगै लगाउने गरिन्छ । नवदुर्गाको आह्वान गरी घटस्थापना गरिएको स्थानमा राखिएका जमरा कोजाग्रत पूर्णिमासम्म नै लगाउने प्रचलन छ । 

कतिपयले यसरी जमरा राख्न नपाएका तथा डेरामा बस्ने मानिसका लागि जमरा राख्ने स्थान अभाव पनि हुन सक्ने भएकाले उनीहरुका लागि यसरी बिक्रीमा राखिएको जमरा उपयोगी हुने देखिन्छ ।

भगवान पाउमा जमरा किन्न पुगेका स्वयम्भूका रूपेश आचार्यले घरमा सुतक परेकाले घटस्थापनाका दिन जमरा राख्न नपाएकाले आफू जमरा किन्न आएको बताए।

उनले भने, ‘यसरी जमरा पनि बिक्रीका लागि राखिएको हुन्छ भन्ने कुरा मलाई थाहा थिएन तर छिमेकीले पनि यसैगरी किनेर लगेको जानकारी गराएपछि किन्न आएको हुँ ।’ 

उनले आफूलाई जस्तै सजिलो अरु धेरैलाई भएर होला बिहानै आएर जमरा किनेर लगेको देखेको पनि बताए। 

झ्वाट्ट हेर्दा जमरा पनि बिक्रीका लागि राखिएको भनी कतिपयले अनौठो लागेको बताइरहेका थिए भने कतिले यसलाई स्वभाविक र सजिलो भनेका थिए । 

विविध कारणले अप्ठेरो परेका, घटस्थापनाका दिन जुठो या सुतक परेर जमरा राख्न नपाएका तथा आफ्ना बासस्थानमा स्थान अभाव भएका व्यक्तिका लागि यसरी जमरा किनेर लगाउन पाउनु पनि सजिलै हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित