Logo
Logo
समाचार

भुटानमा हिमताल फुट्यो : भारतका तटीय क्षेत्रमा 'रेड अलर्ट'

भुटानको गसा जिल्लामा पर्ने लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १३ गते १६:२६
३५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । भुटानको गसा जिल्लामा पर्ने लेम्थाङस्थित हिमताल फुट्दा भीषण बाढी आएको छ। 

बाढी मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बगेपछि पश्चिम बङ्गालका अधिकारीहरूले उत्तर बङ्गाल क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान र आश्रयस्थलमा सारिएको छ।

भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले शुक्रबार दिएको जानकारी अनुसार बाढीले गसा जिल्लामा रहेको प्रसिद्ध पर्यटन स्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारहरू बगाएको छ। घटनामा हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको खबर आएको छैन। 

रातिको समयमा आएको बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ। अध्याँरो र पानीको तीव्र बहावका कारण क्षतिको आकलन गर्न समस्या भइरहेको बीबीएसले जनाएको छ। बाढीले दुईवटा बेली ब्रिज बगाएको आशंका गरिएकोभुटानी पत्रिका कुएनसेलका अनुसार तातोपानी क्षेत्रतर्फ जाने लाया गाउँको सडकका केही भाग बाढीले बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ भने बाढी तातोपानी क्षेत्रमा पुग्नुअघि नै सो क्षेत्रलाई खाली गराइएको थियो।

भुटानको लेम्थाङमा हिमताल फुटेको खबर प्राप्त भएपछि पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको छ। सङ्कोश र यसका सहायक नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ। 

दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ। दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जाल एक्समार्फत सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बस्ने मानिसहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। भुटानको लेम्थाङमा हिमताल फुटेर मो छु नदी हुँदै सङ्कोश नदीतर्फ पानी बगिरहेकाले दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दा सतर्क रहनुपर्ने उनले उल्लेख गरेका छन्।

राज्यमन्त्री निसिथ प्रामाणिकले भुटानमा हिमताल फुटेको खबर आएलगत्तै सङ्कोश र मो छु नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको बताएका छन्। पानी ५ देखि ६ घण्टाभित्र मैदानी भागमा पुग्ने अनुमान गरिएकाले राज्य विपद् व्यवस्थापन टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) लाई परिचालन गरिएको उनले जानकारी दिए। कुनै पनि मानवीय वा भौतिक क्षति हुन नदिन सरकारले स्थितिको निरन्तर अनुगमन गरिरहेको उनले बताएका छन्।

अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहले स्थितिलाई नियन्त्रणमा राखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। जिल्ला प्रशासन, भुटानी अधिकारीहरू र विभिन्न एजेन्सीहरूसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए। क्षेत्रमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) खटाइएको छ भने एनडीआरएफ र नागरिक सुरक्षा कर्मीहरू पनि तयारी अवस्थामा छन्।

प्रहरी प्रमुख शाहका अनुसार हालसम्म करिब ४ हजारदेखि ५ हजार मानिसलाई विद्यालय भवनहरूमा बनाइएका राहत शिविरहरूमा सारिएको छ भने ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको छ। पछिल्लो जानकारी अनुसार पानीको बहाव केही घटे पनि प्रशासन उच्च सतर्कतामा रहेको छ। 

शिविरहरूमा सुक्खा खाना, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ। सङ्कोश नदी क्षेत्रका लागि रेड अलर्ट जारी गरिएको छ।

हिमताललाई रोकेर राखेको प्राकृतिक बाँध भत्किँदा वा फुट्दा ठुलो मात्रामा पानी तल्लो क्षेत्रतर्फ बग्ने प्रक्रियालाई हिमताल बाढी (जीओएलएफ) भनिन्छ। यस्तो बाढीले हिमाली क्षेत्रमा सडक, पुल र बस्तीहरूमा ठुलो क्षति पुर्‍याउँछ। भुटानको गसा जिल्लास्थित वाकिला पहाडमुनि रहेको शिन्ताफु ताल देशका १७ वटा जोखिमयुक्त हिमतालहरूमध्ये एक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित