Logo
Logo
समाचार

भोटेकोशीका बाढी पीडितका लागि कास्कीबाट १ करोड १८ लाखभन्दा बढी राहत संकलन

भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान र नागरिकहरूले आर्थिक सहयोग जुटाएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ ३१ गते ०१:३९
५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पोखरा । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान र नागरिकहरूले आर्थिक सहयोग जुटाएका छन् । 

जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी दिएर उनीहरुले सहयोग पठाएका हुन् । पछिल्लो विवरण अनुसार हालसम्म ३७ वटा संस्था तथा व्यक्तिहरूबाट कुल १ करोड १८ लाख ९० हजार ८३१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप-विपद् राहत कोषमा जम्मा गरिएको छ ।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरी प्रशासनलाई औपचारिक जानकारी गराएका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । सबैभन्दा बढी रकम होटल एसोसिएसन पोखरा मातहतका २३ वटा होटलहरूबाट संयुक्त रूपमा २९ लाख ३५ हजार ८३३ रुपैयाँ जम्मा गरिएको छ । यस्तै द माउन्टेन लेकसाइड ट्रस्टले १० लाख, बाराही रिसोर्टले ९ लाख ६४ हजार ११५ रुपैयाँ, मगर समाज कास्कीले ६ लाख ६८ हजार ४५० रुपैयाँ सहयोग गरेका छन् ।

नेलम्बो नेपालले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, मानव मिलन संस्थाले ५ लाख १ हजार १११ रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंक पोखरा शाखाले ५ लाख रुपैयाँ सहयोग गरेका छन् । २-९ गोर्खा राइफल्स परिवार गण्डकीले २ लाख ५१ हजार, होटल पोखराले २ लाख, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २ लाख, इस्लामिक समाजले ३ लाख सहयोग गरेका छन् । पश्चिमाञ्चल अटोमोबाइल्सले १ लाख २५ हजार, रेवान पोखराले १ लाख २२ हजार, क्षेत्री समाज नेपालले १ लाख २२ हजार, ब्राह्मण समाजले १ लाख ५१ हजार, जोन्टा क्लब १ लाख ५० हजार, लामिछाने बन्धु समाज १ लाख २ हजार सहयोग गरेका छन् ।

अन्य विभिन्न आमा समूह, धार्मिक तथा जातीय समाज, सहकारी र शैक्षिक संस्थाहरूले १ लाखदेखि माथिका दरले सहयोग उपलब्ध गराएका छन् । कास्कीबाट अन्य माध्यमहरूबाट पनि ठूलो मात्रामा सहयोग परिचालन भएको छ । प्रशासनका अनुसार यहाँका धेरैजसो दाता तथा संघसंस्थाहरूले प्रशासनलाई जानकारी नदिई सीधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम उपलब्ध गराएका छन् ।

त्यसैगरी, कतिपय संस्थाहरूले आफैँ खाद्यान्न, लत्ताकपडा तथा औषधिजन्य सामग्री खरिद गरेर बाढी प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष वितरण गरेका छन् भने केहीले स्थानीय जनप्रतिनिधि, सांसद तथा पोखरा महानगरपालिकामार्फत पनि राहत सामग्री र नगद सहयोग पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित