Logo
Logo
समाचार

भोटेकोशी महाप्रलयबाट पाठ सिकेर जलविद्युत् निमार्णमा लाग्न विज्ञहरूको सुझाव

परिवर्तनशील जलवायुमा जलवायु प्रतिरोधी पूर्वाधार निर्माण र भोटेकोशी महाप्रलयबाट सिकेका पाठहरू’ विषयक प्राइभेट फोरममा वक्ताहरूले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍याउन सक्ने भएकाले पूर्वतयारी, जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २७ गते १२:०५
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राखी जलविद्युत् तथा ऊर्जा पूर्वाधार निर्माणमा आवश्यक सुरक्षा र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

इप्पानद्वारा शुक्रबार ललितपुरमा आयोजित ‘परिवर्तनशील जलवायुमा जलवायु प्रतिरोधी पूर्वाधार निर्माण र भोटेकोशी महाप्रलयबाट सिकेका पाठहरू’ विषयक प्राइभेट फोरममा वक्ताहरूले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्‍याउन सक्ने भएकाले पूर्वतयारी, जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विपद्ले ऊर्जा क्षेत्रमा रसुवाका माथिल्लो त्रिशूली–१ लगायत विभिन्न आयोजनामा ठुलो क्षति पुगेको उल्लेख गर्दै उनले प्रभावित आयोजनाका संरचनामा फसेका व्यक्तिको शीघ्र उद्धारका लागि सरकारसँग आग्रह गरे।

कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन र सचिव विजयमोहन भट्टराईको समन्वयमा बाढीबाट प्रभावित कम्पनीहरूसँग इप्पानले सहयोग र सहकार्य गरिरहेको जानकारी दिइएको थियो ।


भोटेकोशीमा बाढी आएपछि इप्पानको कार्यसमितिको बैठकले विपद्को समयमा सहकार्य गर्न सदस्य कम्पनीलाई आह्वान गरेको र विभिन्न कम्पनीबाट रु १३ करोड सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कार्यक्रममा जानकारी दिइयो । सहयोग गर्ने कम्पनीलाई इप्पानले धन्यवादसमेत व्यक्त गरेको छ ।

इप्पानका अध्यक्ष मोहनकुमार डांगीले प्रभावित १३ वटा आयोजनाका सम्बन्धमा छलफल गर्न आगामी आइतबार संयुक्त बैठक बोलाएको र बैठकबाट प्रभावित आयोजनाको पुनः सञ्चालन तथा पुनर्निर्माणका लागि नेपाल सरकारबाट आवश्यक सहयोग पहिचान गरी माग पत्र तयार गरिने र उक्त माग पत्र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत सरकारसमक्ष पेस गरिने जानकारी दिए । नेपालले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सक्ने आधार रहेको बताउँदै विद्युत् खपत बढाउने तथा निर्यात विस्तार गर्ने नीति आवश्यक रहेकोमा उनको जोड छ ।

उनका अनुसार नेपालमा विद्युत् खपत १५ हजार मेगावाट पुर्‍याउने लक्ष्यका साथै भारतमा १० हजार मेगावाट र बङ्गलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्न सके मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने छ । गत वर्ष विद्युत् निर्यातबाट रु २९ अर्ब ३१ करोड आम्दानी भएको तथ्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, दैवीप्रकोप अध्ययन केन्द्रका निर्देशक डा। बसन्तराज अधिकारीले जलवायु परिवर्तन र जलवायु प्रतिरोधी पूर्वाधार निर्माणका विषयमा प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित