Logo
Logo
समाचार

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक

बाढी गएको १३औँ दिनलाई मृतकप्रति सम्मान प्रकट गर्ने दिनका रूपमा राष्ट्रिय शोक मनाइएको हो।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २२ गते १८:२६
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा सोमबार देशभर राष्ट्रिय शोक मनाईयको छ।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार बाढी गएको १३औँ दिनलाई मृतकप्रति सम्मान प्रकट गर्ने दिनका रूपमा राष्ट्रिय शोक मनाइएको हो। सो अवसरमा नेपालभित्रका सरकारी कार्यालयसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

बाढीबाट भएको मानवीय क्षतिको विवरणअनुसार हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ भने ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये ९८ जनाको मात्र पहिचान खुल्न सकेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्को घटनापछि हालसम्म १३ हजार ३९६ जनालाई उद्धार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित