Logo
Logo
जीवनशैल

भोटेकोशी बाढी: चितवनमा भेटिएका १९९ बेवारिसे शवको व्यवस्थापन, १२ जनाको सनाखत

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १५ गते १२:००
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

चितवन। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवन क्षेत्रमा आइपुगेका शवहरूमध्ये पहिचान हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ।

भरतपुर महानगरपालिका-१ स्थित देवघाट क्षेत्रको जंगलमा आइतबार रातिसम्म ती शवहरूको व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवन र आसपासका नदी किनारमा हालसम्म कुल २७२ वटा शव तथा शारीरिक अवशेषहरू फेला परेका छन्। फेला परेका शवमध्ये अहिलेसम्म १२ वटाको मात्रै सनाखत हुन सकेको छ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार भविष्यमा पहिचान खुलाउन सहज होस् भनेर सबै शवहरूको डीएनए नमूना  सुरक्षित राखिएको छ।

पछि बेपत्ता भएका नागरिकका आफन्तसँग डीएनए मिलेको खण्डमा शव पहिचान गरी हस्तान्तरण गर्न सकिने गरी विशेष संकेत चिह्न  राखेर जंगलमा व्यवस्थापन गरिएको छ। सनाखत भएका १२ वटा शवको भने पोस्टमार्टमपछि आफन्तले बुझेर लगेका छन्।

हालसम्म फेला परेका २७२ वटा शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा पहिचान गर्न गाह्रो हुने खालका शारीरिक अवशेषहरू रहेका छन्।

नदी किनारमा अझै पनि शवहरू भेटिने क्रम जारी रहेकाले खोजी कार्य र शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीलाई परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित