भिसा नीतिमा ट्रम्प प्रशासनको कडाइ, ३ लाखभन्दा बढी विदेशीको अमेरिका बस्ने अनुमति रद्द
अवैध आप्रवासन नियन्त्रण गर्ने चुनावी प्रतिबद्धतासहित सत्तामा फर्किएका ट्रम्पको नीतिले कानुनी रूपमा अमेरिका प्रवेश गरेका तथा अध्ययन र रोजगारीका लागि जाने विदेशी नागरिकमा समेत अनिश्चितता बढाएको छ ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिमा गरिएको कडाइका कारण तीन लाखभन्दा बढी विदेशी नागरिकको अमेरिकी भिसा रद्द भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार ट्रम्प प्रशासनले अघिल्ला प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको हो । गत अगस्ट १० सम्म एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द भएकोमा पछिल्लो समय यो संख्या उल्लेख्य बढेको छ ।
प्रशासनले राष्ट्रिय सुरक्षा, कानुन उल्लंघन र ठगी नियन्त्रणका लागि कठोर नीति अपनाइएको दाबी गरेको छ । भिसाधारकको सामाजिक सञ्जाल गतिविधिमाथि समेत निगरानी बढाइएको छ। यद्यपि, मानवअधिकारवादी संस्थाहरूले सरकारको कदमले अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रक्रियाको अधिकार प्रभावित भएको भन्दै विरोध जनाएका छन् । विशेषगरी प्यालेस्टाइन समर्थक प्रदर्शनमा सहभागी विदेशी नागरिकको भिसा रद्द गर्ने निर्णय विवादित बनेको छ ।
अवैध आप्रवासन नियन्त्रण गर्ने चुनावी प्रतिबद्धतासहित सत्तामा फर्किएका ट्रम्पको नीतिले कानुनी रूपमा अमेरिका प्रवेश गरेका तथा अध्ययन र रोजगारीका लागि जाने विदेशी नागरिकमा समेत अनिश्चितता बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




