Logo
Logo
समाचार

भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा गृहमन्त्री गुरुङको जोड

गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्न भीडमा बल प्रयोगभन्दा उचित सञ्चार, समन्वय र संस्थागत सुधारमा जोड दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिए ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २० गते ०१:५०
४०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । 

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयको आयोजनामा यही कात्तिक १७ देखि १९ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ‘शान्तिपूर्ण प्रदर्शन र मानवअधिकारको संरक्षण’सम्बन्धी कार्यशालाको आज समापन गर्दै गृहमन्त्री गुरुङले बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने बताए । 

गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्न भीडमा बल प्रयोगभन्दा उचित सञ्चार, समन्वय र संस्थागत सुधारमा जोड दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिए ।

शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनका क्रममा मानव अधिकारको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्दै प्रहरीको व्यावसायिक भूमिका प्रभावकारी बनाउने उद्देश्यले आयोजित सो कार्यशालामा गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका अधिकृतलगायतको सहभागिता थियो । 

कार्यशालाले सहभागीलाई आफ्नो अधिकार, जिम्मेवारी र कार्यविधिको पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर दिएको गृह मन्त्रालयले जनाएको छ । 

बल प्रयोगका अन्तरराष्ट्रिय मापदण्ड, संवाद, समन्वय, परिचालन योजना र नेतृत्वको जवाफदेहिताजस्ता विषयमा प्राप्त ज्ञान तथा  सीपले नेपालमा व्यावसायिक, संयमित र जबाफदेही प्रहरी अभ्यास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित