Logo
Logo
समाचार

भरत दाहालले ‘ग्रे जोन’ को रिपोर्ट फैलाएको आरोप, चियापसलबाट पक्राउ

ब्यूरो स्रोतका अनुसार अदालतबाट पक्राउ अनुमति शुक्रबार नै आएको थियो । कार्यक्रम सिध्याएर उनी आजै विराटनगरबाट काठमाडौं फर्किने तयारीमा थिए । तर, दबाबमा परेको प्रहरीले आइतबार बिहान चिया पिउने ठाउँमै पुगेर उनलाई पक्राउ गरेको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ४ गते १८:१६
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालमा भएको जेन-जी आन्दोलनबारे सार्वजनिक गरेको रिपोर्टलाई सामाजिक सञ्जालमा फैलाएको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गरिएको छ । उनलाई पक्राउ गर्न एक सातादेखि प्रधानमन्त्रीको सचिवालयले दबाब दिएको प्रहरी स्रोतले बतायो ।

राजनीतिक विमर्शसम्बन्धी कार्यक्रमका निम्ति असोज २ गते मोरङ पुगेका विश्लेषक दाहाल आइतबार मोरङको सुन्दरहरैचा-८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन् । उनलाई मोरङ प्रहरीले अहिले २:३० को बुद्ध एयरको बिराटनगर-काठमाडौं उडानबाट काठमाडौं पठाउने तयारी गरेको छ ।

शक्तिकेन्द्रको निरन्तर दबाबपछि प्रहरीको साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको थियो । ब्यूरो स्रोतका अनुसार अदालतबाट पक्राउ अनुमति शुक्रबार नै आएको थियो । कार्यक्रम सिध्याएर उनी आजै विराटनगरबाट काठमाडौं फर्किने तयारीमा थिए । तर, दबाबमा परेको प्रहरीले आइतबार बिहान चिया पिउने ठाउँमै पुगेर उनलाई पक्राउ गरेको हो ।

दाहालले सेप्टेम्बर १२ (भदौ २७ गते) ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक दिएर ‘ग्रे जोन’ को रिपोर्ट शेयर गरेका थिए । उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व, अभियन्ता तथा प्रमुख व्यक्तित्वहरूसँग अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संघसंस्था र परियोजनाहरूको सम्बन्ध रहेको दाबी गरिएको छ ।

सो सञ्चार संस्थाद्वारा सार्वजनिक भएका केही कागजात वा विवरणमा नेपालका केही चर्चित तथा नयाँ राजनीतिक व्यक्ति र आन्दोलनका अगुवाको नाम विभिन्न नागरिक नेतृत्व वा क्षमता विकाससम्बन्धी कार्यक्रमहरूसँग जोडिएको थियो ।

ग्रे जोनको रिपोर्ट शेयर गर्नुअघि पनि दाहालले सरकारबारे निरन्तर टिप्पणी गर्दै आएका थिए । सामाजिक सञ्जालमा भ्रम एवं अतिरञ्जनापूर्ण प्रस्तुतिका कारण पक्राउ परेको साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित