Logo
Logo
समाचार

भैरहवामा २ करोड ५२ लाखको गहना बरामद, भारतबाट ल्याउँदै थिइन् महिला

दुई करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ मूल्य बराबरका गहना बरामद भएका हुन् । उनका अनुसार माथि शंका लागेर जाँच गर्दा २ किलो ६ सय ५ ग्राम विभिन्न किसिमका सुनजस्तो देखिने पहेलो पदार्थबाट बनाइएका गरगहना बरामद भएका थिए । त्यसपछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएको थियो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १६ गते ०१:१३
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

रुपन्देही । भारतबाट आउँदै गरेकी एक महिलाले ल्याउँदै गरेको अवस्थामा करिब दुई करोड ५२ लाखको सुनका गहना सशस्त्र प्रहरीले बिहीबार भैरहवाबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा थापाका अनुसार काठमाडौँ–१९, की ४६ वर्षीया ईला पटेलले ल्याउँदै गरेको सामग्री शङ्का लागेर खानतलासी गर्दा सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले उक्त गहना बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ सुनका गहना ल्याउँदै गरेको सूचनाका आधारमा रुपन्देहीको सिद्धार्थनगर–१ स्थित शान्ति गेटमा जाँच गर्ने क्रममा सशस्त्र प्रहरीले गहना बरामद गरेको थियो ।

दुई करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ मूल्य बराबरका गहना बरामद भएका हुन् । उनका अनुसार माथि शंका लागेर जाँच गर्दा २ किलो ६ सय ५ ग्राम विभिन्न किसिमका सुनजस्तो देखिने पहेलो पदार्थबाट बनाइएका गरगहना बरामद भएका थिए । त्यसपछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले जिल्लास्थित रुपन्देही सुनचाँदी व्यवसायी संघसँग समन्वय गरेर गहना सुनको भए–नभएको यकिन गरेको थियो । त्यसक्रममा १ किलो सुन भएको प्रमाणित भएको थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक थापाका अनुसार बरामद गहनामा ९ थान हार, ८१ थान औंठी, १३ थान चुरा, माला ४ पिस, हसुली किसिमको सिक्री ८ पिस, पत्थर सहितको झुम्का २० पिस, झुम्का २४ पिस, गोली औठी १४, लकेट ९जन्तर० १, पोते १७, सिक्री २४ थान, बाली र जुली १ सय ८८ जोर, पत्थर सहितको टप ६४ जोर, नाकको फूली २२ पिस, पत्थरवाला हार २ पिस, सानो झुम्का १० पिस, कानको बाली ११ जोर, ब्रासलेट ८ पिस छन् ।

बरामद गहना र पक्राउ गरिएकी महिलालाई आवश्यक कारबाहीका लागि बिहीबार नै भैरहवा भन्सार कार्यालय, रुपन्देही बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित