Logo
Logo
समाचार

भारतीय विदेश सचिवको भ्रमण : तोडियो राजनीतिक भेटघाटको परम्परा

भोलि प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर एक–दुई वटा आन्तरिक छलफल गरी विदेश सचिव मिस्री फर्किने कार्यक्रम छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते २१:४२
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । विगतमा भारतबाट कुनै उच्चस्तरीय भ्रमण हुँदा राजनीतिक दलका नेताहरू लाइन लागेर भेट्न जान्थे । पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री, पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरू भारतीय प्रतिनिधिमण्डल (डेलिगेट्स) बसेकै होटलमा पुग्थे । 

कतिपय अवस्थामा उनीहरू पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई भेट्न पनि जान्थे । अर्थात्, भारतबाट कोही आउँदा राजनीतिक भेटघाट निकै बाक्लो हुन्थ्यो, तर यसपटक त्यो परम्परा तोडिएको छ । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमणमा छन् । यी दुई दिनमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म उनले भेटघाट गर्नेछन्, तर यसपटक उनले कुनै पनि राजनीतिक दलका नेताहरूलाई भेट्ने छैनन् । 

सम्भवतः औपचारिक भ्रमणमा आएका भारतीय कूटनीतिज्ञले नेपालका कुनै पनि राजनीतिक दलका शीर्ष नेतालाई नभेटेको यो पहिलो पटक नै होला । विगतमा एक दिनका लागि आउँदा पनि मुख्य राजनीतिक दलका शीर्ष नेताहरूलाई अवश्य भेटिन्थ्यो । अरू कोही नभए पनि सत्ताधारी दल तथा विपक्षी दलका अध्यक्षलाई भेट्ने गरिन्थ्यो, तर यसपटक त्यो परम्परा तोडिएको छ । विदेश सचिव मिस्रीले आफ्नो भेटघाटको तालिकामा राजनीतिक दलका नेताहरूसँगको भेटघाट राखेका छैनन् । 

'यो राम्रो सुरुवात हो,' अन्तर्राष्ट्रिय मामिलाका जानकार विनोज बस्न्यातले भने, 'भारतले राजनीतिक दलहरूसँग नअल्झिएर सिधै सरकारसँग सम्बन्ध बनाएर काम गर्न चाहेको सन्देश दिएको छ । जीटुजी सम्झौता गरेर अगाडि बढ्ने सोचका साथ भारत अघि बढेको देखिन्छ ।' राजनीतिक दलका नेतालाई भेटेपछि बेकारका टीकाटिप्पणी मात्र हुने गरेकाले सरकारका प्रतिनिधिसँग भेटेर दुई देशको हितमा काम हुनु राम्रो भएको उनले बताए । कुनै पार्टीगत भ्रमणमा आएको भए राजनीतिक दलका नेतालाई भेट्नु उचित हुने भए पनि कर्मचारी प्रशासनबाट आएकाले सरकारका प्रतिनिधिलाई मात्र भेट्नु उपयुक्त भएको प्रतिक्रिया उनले दिए ।

तर अर्का जानकार पूर्वराजदूत विजयकान्त कर्णले भने राजनीतिक दलका नेतालाई भेट्दा राम्रो हुने बताए । उनले भने, 'एउटा डिप्लोम्याटले राजनीतिक दलका नेतालाई भेट्दा केही बिग्रिँदैन, झन् सम्बन्ध राम्रो हुन्छ । तर, उहाँ दुई दिनका लागि नेपाल आउनुभएको हो, सायद समय अभावका कारण नभेट्नुभएको होला ।'

यसअघि उच्चस्तरीय भ्रमण हुँदा पाहुनाको सम्मानमा आयोजना गरिने रात्रिभोजमा पनि प्रमुख दलका शीर्ष नेताहरूलाई बोलाइन्थ्यो र त्यहाँ सामूहिक भेटघाट हुन्थ्योस तर यसपटक त्यो पनि छैन । विगतमा भारतीय दूतावासले पनि कार्यक्रम आयोजना गरेर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाउने र भेटघाट गराउने गर्थ्यो, यसपटक त्यो पनि राखिएको छैन । 

भोलि प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर एक–दुई वटा आन्तरिक छलफल गरी विदेश सचिव मिस्री फर्किने कार्यक्रम छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित