Logo
Logo
समाचार

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ५ गते १९:१०
९०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने दुई अस्पतालमा १८० भन्दा बढी बिरामी उपचाररत छन् ।

मुख्यमन्त्री सिंहले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाही गरिने बताएका छन् । 

भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मृत्यु हुने घटना बारम्बार हुने गरेका छन् । नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा अत्यन्त विषाक्त औद्योगिक रसायन मिथानोल मिसाइएको हुन सक्ने बताइन्छ ।

गत मे महिनामा पश्चिमी राज्य महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाडमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो । त्यस्तै, स्थानीय सञ्चारमाध्यमका अनुसार गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी प्रभावित भएका थिए ।

भारतका विभिन्न क्षेत्रमा यस्तो मदिरा व्यापक रूपमा बिक्री हुने गरेको छ । कतिपय स्थानमा एक अमेरिकी डलरभन्दा कम मूल्यमा बोतलमा मदिरा पाइन्छ । मिथानोल सेवनले अन्धोपन र कलेजोमा क्षति पुर्‍याउनुका साथै बढी मात्रामा सेवन भएमा ज्यानसमेत जान सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित