Logo
Logo
समाचार

भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको संख्या पाँच पुग्यो, ५७ हजार विस्थापित

पर्खाल तथा विद्युत्का पोल खस्दा र करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको जनाइएको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १३ गते १६:१६
३०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । 

रुख, पर्खाल तथा विद्युत्का पोल खस्दा र करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको जनाइएको छ । चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका धेरै स्थानमा विद्युत् आपूर्ति बन्द गरिएको छ ।

 विद्यालय तथा कलेजलगायत शैक्षिक संस्थाहरू पनि आगामी केही दिनका लागि बन्द गरिएका छन् । आन्ध्र प्रदेशका दुई विमानस्थलबाट सञ्चालन हुने ३५ भन्दा बढी उडान रद्द तथा अन्यत्र डाइभर्ट गरिएको छ । प्रतिघण्टा १३० किलोमिटरसम्मको गतिमा आएको शक्तिशाली चक्रवात बुधवार बिहान भारतको दक्षिणपूर्वी तथा पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । विशेषगरी आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा प्रभाव पारेको चक्रवात त्यसपछि ओडिशा, झारखण्ड, छत्तिसगढ र पश्चिम बङ्गालतर्फ अघि बढेको जनाइएको छ ।

 मुख्यमन्त्री नायडूका अनुसार चक्रवातका कारण करिब ७१ हजार हेक्टर कृषि क्षेत्रमा लगाइएको नरिवल र केरा लगायतका बालीमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।

चक्रवातबाट प्रभावित करिव ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारेर राहत शिविरमा राखिएको छ । त्यस्तै झन्डै १८० घरमा क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित