Logo
Logo
समाचार

भारतलाई ८६ मेगावाट बिजुली बेच्ने प्राधिकरणको निर्णय

प्राधिकरणका अनुसार आफ्ना ग्राहकलाई बिक्री गरेपछि बाँकी हुने विद्युत टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा बिक्री गरिनेछ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १४ गते २३:३२
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा जगेडा हुने करिब ८६ मेगावाट विद्युत भारतमा बिक्री गर्ने निर्णय गरेको छ।

प्राधिकरणका अनुसार आफ्ना ग्राहकलाई बिक्री गरेपछि बाँकी हुने विद्युत टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा बिक्री गरिनेछ।

प्राधिकरण सञ्चालक समितिले विद्युत नियमन आयोगको सहमतिपछि विद्युत खरिद–बिक्री सम्झौताको मस्यौदा स्वीकृत गर्दै बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

निर्णयअनुसार आगामी १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म हाललाई ८५ दशमलव ६ मेगावाट विद्युत भारतमा बिक्री गरिनेछ। दुई पक्षको सहमतिमा भविष्यमा विद्युतको मात्रा थप गर्न सकिने व्यवस्था समेत रहेको छ।

सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सम्झौतामा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई अख्तियारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित