Logo
Logo
समाचार

भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’को प्रभाव, हजारौँ मानिस सुरक्षित स्थानमा सारिए

तिब्र हावा र भारी वर्षाका कारण तटीय क्षेत्रमा दैनिक जनजीवन प्रभावित बनेको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १२ गते १५:४५
३९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ प्रवेश गरेपछि आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तिब्र हावा र भारी वर्षाले जनजीवन प्रभावित भएको छ ।

 बुधवार बिहानै चक्रवातले भारतीय तटमा प्रवेश गरेपछि प्रभावित क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण आन्ध्र प्रदेशको विशाखापट्टनमसहित विभिन्न प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ । 

खराब मौसमका कारण आन्ध्र प्रदेशका कम्तीमा १४ जिल्लामा विद्यालय तथा अन्य शैक्षिक संस्था आगामी दुई दिनका लागि बन्द गरिएका छन् । चक्रवातको प्रभावले हवाई सेवा पनि प्रभावित भएको छ । विजयवाडा र विशाखापट्टनम विमानस्थलबाट उडान भर्ने तथा अवतरण गर्ने २० भन्दा बढी उडान रद्ध गरिएका छन् भने केही उडानको समय परिवर्तन गरिएको छ ।

 तिब्र हावा र भारी वर्षाका कारण तटीय क्षेत्रमा दैनिक जनजीवन प्रभावित बनेको छ । प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तथा सर्वसाधारणलाई सुरक्षित राख्न उद्धार र व्यवस्थापनका प्रयास भइरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित