समाचार
भारतबाट तस्करी हुँदै गरेको २ करोड ४० लाखको एयरपड्स सशस्त्रद्वारा बरामद
१२ सय थान एयर वर्डस सशस्त्रको नं ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रुपमा बरामद
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ २० गते १६:४५
४
0
CommentsShares

महोत्तरी । सशस्त्र प्रहरीले एप्पल कम्पनीको करीव २ करोड ४० लाख रुपैयाँ बराबरको एयरपड्स बरामद गरेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार ती सामान बरामद भएका हुन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान फेला परेको सशस्त्रले जनाएको छ ।
सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएअनुसार १२ सय थान एयर वर्डस सशस्त्रको नं। ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रुपमा बरामद गरेको हो ।
उक्त एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए । बरामद एयर वर्डस आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको थापाले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




