समाचार
भारत भ्रमणपछि प्रधानमन्त्री शाहले दिए मोदी र भारतीय जनतालाई धन्यवाद
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर ८ गते ००:५१
२७
0
CommentsShares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि भारतीय समकक्षी नरेन्द्र मोदी र भारतका नागरिकलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री शाहले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भारतीय प्रधानमन्त्री मोदी तथा भारतका जनताप्रति आभार व्यक्त गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, “सम्माननीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू तथा भारतका सम्पूर्ण जनतालाई धन्यवाद।”
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा गएका शाहले भ्रमणका क्रममा द्विपक्षीय भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाएका थिए।
भ्रमण सम्पन्न भएपछि उनले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री र त्यहाँका नागरिकप्रति धन्यवाद व्यक्त गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




