Logo
Logo
समाचार

भाइटिकाले पारिवारिक प्रेम र आपसी विश्वासलाई बलियो बनाउँछ’ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम तथा आपसी विश्वासको प्रतीकका रूपमा रहेको भाइटिका पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २५ गते २०:०८
४४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम तथा आपसी विश्वासको प्रतीकका रूपमा रहेको भाइटिका पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

भाइटिकाका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री गुरुङले सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन्।

उनले भाइटिकालाई दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम तथा आपसी विश्वासको पर्वका रूपमा उल्लेख गरेका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिदीबहिनी र दाजुभाइको अटुट प्रेम र आपसी विश्वासको पर्व भाइटिकाको सबैमा हार्दिक मङ्गलमय शुभकामना !’

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन मनाइने भाइटिकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ। यस पर्वलाई पारिवारिक सम्बन्ध, आत्मीयता र आपसी सद्भावको प्रतीकका रूपमा लिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित