बीपी राजमार्ग ठाउँठाउँमा अवरुद्ध, काभ्रेका सीडीओ भन्छन्- भोलिदेखि खुल्न सक्छ
लगातारको झरीले, पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ-ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

काभ्रे । पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका लागि अवरोध हटाउने कार्य जारी छ ।
बीपी राजमार्गको नमोबुद्ध-६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । साथै चौकीडाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेको छ ।
लगातारको झरीले, पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ-ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
खुर्कोट-भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनको भनाइ छ । केही स्थानमा पहिरो पन्छाइसके पनि चौकीडाँडा क्षेत्रमा अझै केही समय लाग्ने सक्ने सीडीओ अधिकारीको भनाइ छ ।
जापानी ठेक्का अन्तर्गतको काभ्रेपट्टिको अन्तिम खण्डमा बाढीले सडक धेरै बगाएकाले काम सम्पन्न हुन मंगलबारसम्म लाग्ने सडक डिभिजन कार्यालयका प्राविधिकहरूले जनाएको उनले बताए ।
सुरक्षा निकाय र प्राविधिकहरूले क्षतिग्रस्त सडकको अनुगमन समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




