Logo
Logo
समाचार

बराह सहकारीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ

बराह सहकारीको रकम हिनामिना प्रकरणमा मुख्य योजनाकार मानिएका शिवकुमार विश्वकर्मा (लामिछाने) केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीबाट पक्राउ परेका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर २ गते २०:५०
५०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- बराह सहकारीको रकम हिनामिना प्रकरणमा मुख्य योजनाकार मानिएका शिवकुमार विश्वकर्मा (लामिछाने) केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीबाट पक्राउ परेका छन्।

गृहमन्त्री सुदन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारीका बचतकर्तालाई न्याय दिलाउने प्रक्रिया अघि बढेको बताएका छन्।

गुरुङले ६ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताले भोग्नुपरेको पीडा आफूले नजिकबाट सुनेको उल्लेख गरेका छन्। उक्त पीडाले आफूलाई सधैँ झकझकाइरहेको उनको भनाइ छ।

अभियन्ताका रूपमा रहँदा वा जेनजी आन्दोलनपछिका प्रयासका क्रममा तत्काल ठोस कदम चाल्न नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पूर्वका नागरिकको समस्यालाई प्राथमिकतामा राखेर अनुसन्धान तीव्र पारिएको उनले बताएका छन्।

उनका अनुसार बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिना भएको छ। उक्त प्रकरणका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको उल्लेख गर्दै गुरुङले अब क्रमशः अन्य दोषीको खोजी तथा कारबाही प्रक्रिया पनि तीव्र बनाइने बताएका छन्।

बराह सहकारीबाट पीडित बचतकर्ताले लामो समयदेखि आफ्नो बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित