Logo
Logo
समाचार

बंगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ६ गते १६:२४
६२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । बंगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

“एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ ।  

सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन् । उनले सन् २०१७ मा बङ्लादेशको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए ।

सैफउद्दिनले बङ्लादेशका लागि ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३६२ रन बनाउनुका साथै ४२ विकेट लिएका छन् । त्यस्तै, उनले ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

सन् २०१६ को आइसिसी यु–१९ विश्वकपमा बङ्लादेशका लागि प्रभावशाली प्रदर्शन गरेका सैफउद्दिनले प्रतियोगितामा १३ विकेट लिएका थिए । उनले सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि बङ्लादेशको प्रतिनिधित्व गरेका थिए ।

सैफउद्दिनले विभिन्न पाँच वटा टोलीबाट बङ्लादेश प्रिमियर लिग ९बिपिएल० खेलिसकेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हो । पोखराले सैफउद्दिनसहित बङ्लादेशकै शाकिबअल हसन र मेहदी हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।अ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित