Logo
Logo
समाचार

बंगलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपीएल खेल्ने

बंगलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तर्राष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्नेछन,’

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ५ गते ०२:३३
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘‘बंगलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तर्राष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ ।

३१ वर्षीय मेहदीले हालसम्म बंगलादेशका ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् ।

मेहदीले विभिन्न छवटा टोलीबाट बंगलादेश प्रिमियर लिग (बिपिएल) समेत खेलेका छन् । एनपीएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपीएलका लागि बंगलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित