Logo
Logo
वातावरण/कृषि

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली असोज ७ आसपास थप शक्तिशाली बन्ने

बंगालको खाडीको पूर्वी भाग अर्थात् उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने देखिएको छ ।.

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ४ गते २२:४५
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । बंगालको खाडीको पूर्वी भाग अर्थात् उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने देखिएको छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार मौसम तथ्यांक, मौसम मोडेल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांकको विश्लेषण गर्दा उक्त प्रणाली असोज ७ गते अर्थात् सेप्टेम्बर २३ आसपास ‘डिप्रेसन’ (न्यून चापीय क्षेत्र)का रूपमा थप विकसित हुने सम्भावना देखिएको हो ।

हालको प्रक्षेपणअनुसार प्रणाली दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको विभागले जनाएको छ ।

नेपालमा वर्षा हुन सक्ने, जोखिमबारे अहिले नै यकिन छैन

उक्त मौसम प्रणालीको प्रभावका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिमको स्तर र त्यसबाट हुन सक्ने सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ ।

प्रणालीको विकास र त्यसको मार्ग परिवर्तन हुन सक्ने भएकाले हाल प्राप्त विवरणका आधारमा जोखिमको ठोस आकलन गर्न कठिन रहेको विभागको भनाइ छ ।

नेपाल मौसम विज्ञान विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ । मौसम प्रणालीको अवस्था र त्यसबाट नेपालमा पर्न सक्ने प्रभावका आधारमा आवश्यकता अनुसार थप सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गर्दै जाने विभागले जनाएको छ ।

विभागले सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक र पछिल्लो जानकारीका लागि विभागको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालका माध्यम नियमित रूपमा हेर्न आग्रह गरेको छ ।

मौसमसम्बन्धी थप जानकारी आवश्यक परे मौसम पूर्वानुमान महाशाखा, नेपाल मौसम विज्ञान विभाग, बबरमहल, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ । विभागको मौसमसम्बन्धी हटलाइन नम्बर ११५५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित