Logo
Logo
समाचार

बन्दीपुर घुम्न आएका चिनियाँ पर्यटकले लगाए भाइटीका

पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर यस वर्षको तिहार मनाएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २६ गते १३:५५
६२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

दमौली । पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर यस वर्षको तिहार मनाएका छन् ।

बन्दीपुर गाउँपालिका–१ निवासी सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई सप्तरङ्गी टीका र फूलको माला लगाइदिएका हुन् । नेपाली चाडपर्व, संस्कार र संस्कृतिबारे जानकारी लिन इच्छुक चिनियाँ पर्यटकले भ्रमणकै क्रममा भाइटीका लगाउने अवसर पाउँदा खुसी व्यक्त गरेका छन् ।

मङ्गलबार बन्दीपुर आइपुगेका पर्यटकले नेपालीले मनाउने भाइटीकाबारे स्थानीयसँग जिज्ञासा राखेका थिए । त्यसपछि स्थानीय बसन्त पौडेलले उनीहरूलाई भाइटीकाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे जानकारी गराएका थिए । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने, फूलको माला पहिराइदिने तथा दीर्घायु र सुखसमृद्धिको कामना गर्ने परम्परा रहेको उनले जानकारी दिए । 

भाइटीकाको महत्त्व र विधिबारे जानकारी पाएपछि चिनियाँ पर्यटकले पनि टीका लगाउने इच्छा व्यक्त गरेका थिए । त्यसपछि स्थानीय सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई भाइटीका लगाइदिनुभएको थियो । नेपाली परम्पराअनुसार टीका र फूलको माला लगाएपछि पर्यटकहरू रमाएका थिए ।

स्थानीय पौडेलका अनुसार पर्यटकले भाइटीकाबारे चासो राखेपछि उनीहरूलाई नेपाली संस्कृतिसँग प्रत्यक्ष परिचित गराउने उद्देश्यले टीका लगाउने व्यवस्था गरिएको हो । उनले भने, 'उहाँहरू बन्दीपुर घुम्न आउनुभएको थियो । नेपालीको भाइटीका पर्वबारे जिज्ञासा राख्नुभयो । त्यसपछि मैले भाइटीकाको महत्त्व र सांस्कृतिक पक्षबारे जानकारी गराएँ । जानकारी पाएपछि उहाँहरूले पनि टीका लगाउने इच्छा देखाउनुभयो । स्थानीय दिदीबहिनीले टीका लगाइदिएपछि उहाँहरू निकै खुसी हुनुभयो ।'

उनका अनुसार कुनै पनि देशको भ्रमण गर्दा पर्यटकीयस्थल र प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै त्यहाँको संस्कृति, रहनसहन र परम्पराबारे बुझ्ने अवसर पनि प्राप्त हुन्छ । बन्दीपुर आएका पर्यटकलाई नेपाली चाडपर्वको अनुभव गराउन पाउँदा स्थानीयवासी पनि उत्साहित भएको उनले बताए । 

भाइटीका लगाएर नेपाली संस्कृतिमा सहभागी हुन पाउँदा चिनियाँ पर्यटकले खुसी व्यक्त गरेका थिए । फरक देशको संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाएको उनीहरूको प्रतिक्रिया थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित