Logo
Logo
सूचना-प्रविधि

बक्यौता नतिर्ने २० दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेज गर्ने चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नबुझाउने २० वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई १५ दिनभित्र सम्पूर्ण रकम चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ३ गते १५:५५
३८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नबुझाउने २० वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई १५ दिनभित्र सम्पूर्ण रकम चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ। प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले मंसिर ३ गते सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।सूचनाअनुसार ती सेवा प्रदायकहरूले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष रकम तथा सोमा लाग्ने थप दस्तुर र जरिवानासहितको बक्यौता लामो समयदेखि बुझाएका छैनन्। बक्यौता रकम नबुझाएकै कारण ती कम्पनीहरूको अनुमतिपत्र (लाइसेन्स) समेत नवीकरण हुन नसकेको प्राधिकरणले स्पष्ट पारेको छ।प्राधिकरणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बक्यौता रकम चुक्ता गरी जानकारी गराउन निर्देशन दिएको छ। तोकिएको समयावधिभित्र बक्यौता रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम ती सेवा प्रदायकहरूको अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने र बाँकी बक्यौता रकम प्रचलित कानुनबमोजिम असुल गरिने चेतावनी समेत प्राधिकरणले दिएको छ।

साथै, प्राधिकरणले आम उपभोक्ताहरूलाई सेवा प्रयोग वा खरिद गर्दा प्राधिकरणबाट नियमानुसार अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकहरूबाट मात्र सेवा लिन समेत अनुरोध गरेको छ।बक्यौता तिर्न ताकेता गरिएका २० सेवा प्रदायकहरूः
१. अलिशा कम्युनिकेसन लिंक प्रालि, बछ्यौली–२, चितवन
२. एरोनेट प्रालि, त्रिपुरेश्वर–११, काठमाडौं
३. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड, सानेपा, ललितपुर
४. क्लासिक टेक प्रालि, नयाँ बानेश्वर, काठमाडौं
५. कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्रालि, जावलाखेल, ललितपुर
६. एभरेस्ट वायरलेस नेटवर्क प्रालि, नारायण नगरपालिका–१, दैलेख७. जीआरएस लिंक इन्टरनेट सर्भिस प्रालि, व्यास नगरपालिका–०२, तनहुँ
८. आई जोन प्रालि, उर्लाबारी–२, मोरङ
९. कालिका नेट प्रालि, चापाकोट, स्याङ्जा
१०। खप्तड नेट प्रा।लि।, मगलसेन, अछाम
११. कनेक्ट नेपाल नेटवर्क्स प्रालि, थसिखेल–५, ललितपुर
१२. मर्कन्टाइल कम्युनिकेसन प्रालि, दरबारमार्ग, काठमाडौं
१३. नेक्स्ट गिकर्स प्रालि, काठमाडौं महानगरपालिका–२९
१४. नुम्बुर नेटवर्क प्रालि, काठमाडौं महानगरपालिका–७१५. पोखरा इन्टरनेट प्रालि, गैह्रापाटन, पोखरा, कास्की
१६. साङ्ग्रिला इन्फर्मेटिक्स प्रालि, काठमाडौं महानगरपालिका–३३, अनामनगर
१७. सुपर सितापाइला केबल नेट प्रालि, नागार्जुन नगरपालिका–०४, काठमाडौं
१८. टेकमाइन्ड्स नेटवर्क लिमिटेड, भरतपुर–३, चितवन
१९. अल्ट्रानेट कम्युनिकेसन प्रालि, बनेपा नगरपालिका–१०, काभ्रेपलाञ्चोक
२०. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रालि, धुम्बाराही, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित