Logo
Logo
समाचार

बडादसैँको महाष्टमी: भद्रकालीसहित देशभरका शक्ति पीठहरूमा श्रद्धालुको घुइँचो

बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १ गते १९:५१
५३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएर दुर्गा भवानीको स्वरूप मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको श्रद्धापूर्वक पूजा आराधना गरिरहेका छन् । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाभित्रका भद्रकाली, गुह्येश्वरी, शोभा भगवती, दक्षिणकाली, मैतीदेवी, नक्साल भगवती, संकटा र कालिका स्थान लगायतका शक्ति पीठहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

उपत्यका बाहिरका प्रसिद्ध मन्दिरहरू जस्तै पाल्पाको भगवती, बाँकेको बागेश्वरी, दाङको अम्बिकेश्वरी, गोरखाको मनकामना तथा ताप्लेजुङको पाथीभरा मन्दिरमा समेत श्रद्धालुहरू पूजाआजाका लागि लामबद्ध भएका छन् । यस दिन शक्ति पीठहरूमा विधिपूर्वक घटस्थापना गरिएको स्थानमा विशेष पूजाआजाका साथै बलि दिने परम्परा रहेको छ । बलि नचढाउनेहरूले भने कुभिन्डो, घिरौँला, मूला र नरिवल जस्ता फलफूल तथा वनस्पति अर्पण गरी पूजाआजा गर्ने गर्दछन् ।

आजकै दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवत तथा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष स्तोत्र पाठ गर्ने धार्मिक मान्यता रहिआएको छ । महाष्टमीको अवसरमा किसान, कालिगड र सुरक्षाकर्मीहरूले आ–आफ्ना हातहतियार, औजार, सवारी साधन र कल पुर्जाहरूको सफाई गरी विश्वकर्मा र दुर्गा माताको प्रतीकका रूपमा विधिपूर्वक पूजा गरिरहेका छन् ।

आज राति मध्यरातमा शक्ति पीठहरूमा तान्त्रिक विधिबाट कालरात्रि पूजा गर्ने चलन छ, जसलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित