Logo
Logo
समाचार

बाँकेमा फरार १७१ जना कैदी तथा बाल बन्दी पक्राउ

जेन जेड आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बाल बन्दीलाई पक्राउ गरिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २५ गते १८:००
९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

बाँके । जेन जेड आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बाल बन्दीलाई पक्राउ गरिएको छ ।

सो अवधिमा अझै १६९ जना बाल बन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए ।

जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृह र नौ बस्ता क्षेत्रीय कारागारबाट भागेका थिए । तीमध्ये जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना, नौ बस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागार नौबास्ताबाट फरार भएका १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् ।

जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माले आन्दोलनका समयमा सुधार गृहबाट भागेका ११५ बाल बन्दीमध्ये ६८ जना पक्राउ परेको जानकारी दिए । उनले अझै ४७ जना फरार रहेको उल्लेख गर्दै उनीहरूको खोजी कार्य जारी रहेको बताए । शर्माका अनुसार फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैँ सुधार गृहमा फर्किएका थिए ।

नौ बस्ता बालसुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजेड आन्दोलनका क्रममा सुधार गृहमा रहेका १७६ बाल बन्दीमध्ये ७८ जना भागेको बताए । सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बाल बन्दीको मृत्यु भएको थियो । उनले फरारमध्ये ४७ जना पक्राउ परिसकेको र ३१ जनाको खोजी भइरहेको छ ।

नौ बस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन् । कारागार प्रमुख दलबहादुर बस्नेतले १८ जना भारतीय नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन भएको जानकारी दिए । आन्दोलनका बेला सो कारागारमा ५८५ कैदी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित