Logo
Logo
राजनिती

बालुवाटारमा रवि–बालेनबिच ५० मिनेट छलफल

त
तिलिचो न्यूज
२०८३ साउन २५ गते ०३:३८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच करिब ५० मिनेट छलफल भएको हो।

रवि र बालेनबिच पछिल्लो पटक दूरी बढ्न थालेको संकेतमाझ सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

उनीहरूबिच पार्टी र सरकारबिच समन्वयका विषयमा कुराकानी केन्द्रित भएको रविनिकट एक नेताले जानकारी दिए।

पछिल्लो समय अनेकौँ मुद्दामा बालेन र रविबिच समस्या देखिँदै आएको छ। रवि पक्षले बालेन सचिवालयको घेरामा सीमित रहेको आरोप लगाइरहेको छ। रविनिकट सांसदहरूले संसदमा प्रधानमन्त्री तथा सरकारको चर्को आलोचना गरिरहेका छन्।

खासगरी जनजीविकाको सवालमा सरकारले ठिकसँग काम गर्न नसकेको उनीहरूको भनाइ छ।

सभापति रवि लामिछानेले नै सरकारले गडबडी गरे कानमा समातेर ट्रयाकमा ल्याउने अभिव्यक्ति दिएका छन्।

उता बालेन पक्ष भने रास्वपाकै सांसदहरूले सरकारको आलोचना गरेका कारण रुष्ट छ। गत शुक्रबार राति प्रधानमन्त्री बालेनले फेसबुकमा ‘एक्लिएको’ संकेत गरेका थिए।

त्यसैले उनीहरूको पछिल्लो भेटलाई बढ्दो तिक्तता मेट्ने प्रयासका रुपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित