बालेनप्रति प्रचण्डको कटाक्ष- प्रधानमन्त्री भएपछि नेपालले भारतको भूमि मिचेको दिव्य ज्ञान प्राप्त भएछ
उनले भने, ‘अहिले त्यो तथाकथित नयाँ भन्नेले जे गरे नि राम्रो, नेपालले पनि भारतका धेरै ठाउँमा भारतीय भूमि मिचेको रहेछ म प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्दा पनि हो… भनेर ताली! सुन्नुभयो होला नि तपाईँहरूले पनि। नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ भन्ने कुरा हाम्रा सम्माननीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री भएपछि मात्रै त्यो दिव्य ज्ञान प्राप्त भएछ।’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्नेले जे गरे पनि राम्रो भन्ने भ्रम जनतालाई परेको टिप्पणी गरेका छन्।
पार्टीको पर्सा जिल्ला समितिको शपथग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको छ भन्दा समेत समर्थन पाएकोप्रति आफूलाई अचम्म लागेको बताए।
उनले भने, ‘अहिले त्यो तथाकथित नयाँ भन्नेले जे गरे नि राम्रो, नेपालले पनि भारतका धेरै ठाउँमा भारतीय भूमि मिचेको रहेछ म प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्दा पनि हो… भनेर ताली! सुन्नुभयो होला नि तपाईँहरूले पनि। नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ भन्ने कुरा हाम्रा सम्माननीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री भएपछि मात्रै त्यो दिव्य ज्ञान प्राप्त भएछ।’
उनले प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिँदा पनि दुई तिहाइवाला सांसदहरू ताली बजाएर समर्थन गरेको भन्दै कटाक्ष गरे।
उनले थपे, ‘अनि कर बढाइयो भन्दा पनि ताली, कर बढाएको मिलेनछ फिर्ता लिइयो भन्दा फेरि ताली, के हो यो?’
आफू प्रधानमन्त्री हुँदा पनि वीरगन्ज नारायणघाटतिरको सडक बढाउनको लागि घर भत्काउने कुरा आएपछि रोकेको बताए।
उनले थपे, ‘यदि हामी कम्युनिस्टहरूको सरकार हुन्थ्यो, त्यहाँ एउटा घर भत्केको हुन्थ्यो भने तपाईँहरूले टायर बालेर जिन्दावाद र मुर्दावाद भन्दै हिँड्नुहुन्थ्यो। अहिले त बडो हाइसन्चो जतिसुकै भत्कियोस्। तपाईंहरुलाई आनन्दै छ भने त हामीलाई के भयो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!