Logo
Logo
समाचार

बालकोटको भग्नावेशषबाट राधिकाको टिप्पणी- खराने ग्याङको योजना केपी ओलीलाई जलाउने थियो

खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन , केपी ओली लाई जलाउने नै योजना थियो , यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै १ बर्षको पुण्य तिथि हुन्थ्यो हाम्रो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २४ गते १९:२०
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गते घर सम्पत्तिमात्र जलाउने योजना नभई ओलीलाई नै जलाउने रहेको दाबी गरेकी छन् । बालकोटस्थित खरानी घरमा आफ्नो अनुभूति पुस्तक सपनाको भग्नावशेष विमोचन समारोहमा शाक्यले जनताको मायाले आफूहरू जीवित रहेको बताइन् ।

उनले भनिन्- खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन , केपी ओली लाई जलाउने नै योजना थियो , यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै १ बर्षको पुण्य तिथि हुन्थ्यो हाम्रो । अझै पनि केपी ओलीमाथि नानाथरीको आरोप लगाएर बसिरहेका छन । एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप लाञ्छना लगाइरहेका छन् ।

शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने भन्दै खराने ग्याङ आफैँ पतन हुने दाबी समेत गरिन् । उनले खरानी ग्याङको सरकारले आफूहरूलाई जति दुःख दिए पनि झेल्न तयार रहेको समेत बताइन् । उनले आफ्नो पुस्तकभित्र भदौ २३ देखिका सबै घटनाक्रम उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित