बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित क्षेत्रमा अनुमति नलिई अनधिकृत रूपमा ड्रोन नउडाउन आग्रह गरेको छ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोट लगायतका जिल्लामा स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाएको पाइएकाले त्यसमा रोक लगाइएको जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय र निजी क्षेत्रका हेलिकप्टरहरू खोज तथा उद्धारका लागि पूर्ण क्षमतामा निरन्तर परिचालन भइरहेकाले अनधिकृत ड्रोन उडानले हवाई सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको प्राधिकरणको भनाइ छ।
“मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५” बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन सकिने सूचनामा उल्लेख छ।
अनुमति नलिई ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्याएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी उपसचिव राम बहादुर के.सी. द्वारा जारी सूचनामा दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



