Logo
Logo
विविध

बाढीपीडितको सहयोगमा ४१ लाख ११ हजार १११ रुपैयाँ योगदान

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १७ गते १२:५१
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि Autoways Pvt. Ltd., यसको भगिनी संस्था Prativa Secondary School तथा भारतको Bull Machines Pvt. Ltd. को संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख ११ हजार १११ रुपैयाँ योगदान गरिएको छ।

कम्पनीले विपद्को कठिन घडीमा बाढी प्रभावित परिवारसँग साथमा रहेको जनाएको छ। बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभ, पुनःस्थापना र सुरक्षित भविष्यको कामना गरेको छ।

कम्पनीका अनुसार राहत तथा सहयोगको अभियान उक्त योगदानमा मात्र सीमित रहने छैन। Govinda Kalawati Foundation मार्फत भविष्यमा बाढी प्रभावित क्षेत्रमध्ये एक स्थानमा सरकारी विद्यालय निर्माण तथा पुनःस्थापनाका लागि योगदान गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

बाढीका कारण प्रभावित बालबालिकाले सुरक्षित र सहज वातावरणमा आफ्नो शिक्षा निरन्तरता दिन सकून् भन्ने उद्देश्यले विद्यालय निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

कम्पनीले विपद्को समयमा सबै पक्षको सहकार्य र एकताबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित