Logo
Logo
समाचार

बाढीको धक्काबीच असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात, बंगलादेशतर्फको आपूर्ति पुनः सञ्चालन

नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ८ गते १६:१७
५०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ । 

यससँगै बाढीका कारण अवरुद्ध बनेको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् आपूर्ति समेत वैकल्पिक आयोजनाहरूमार्फत पुनः नियमित भएको छ । नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार असोज महिनामा मात्रै भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत् पठाइएको छ । 

यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ करोड २० लाख रुपैयाँले बढी हो । गत वर्ष असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको बिजुली विक्री भएको थियो भने चालु आर्थिक वर्षको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ आम्दानी भएको थियो। यस वृद्धिसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा कुल विद्युत् निर्यात १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ पुगेको छ । 

प्राधिकरणका अनुसार असोजमा भारततर्फको निर्यात मुख्यतः दुई संयन्त्रमार्फत गरिएको छ । जसमा हरियाणा र बिहार राज्यसँग गरिएको द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे–अहेड तथा रियल टाइम बजार रहेका छन् । कुल निर्यातको करिव दुई तिहाइ परिमाण द्विपक्षीय सम्झौताअनुसार र बाँकी एक तिहाइ हिस्सा आइएक्सको खुला प्रतिष्पर्धी बजारमार्फत बिक्री गरिएको हो । 

अर्कोतर्फ, भदौ १० गतेको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्‍याएपछि बंगलादेश र भारतको हरियाणातर्फको नियमित निर्यात प्रभावित भएको थियो । तर भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले अन्य वैकल्पिक आयोजनाबाट विद्युत् पठाउने अनुमति दिएपछि गत कात्तिक ६ गतेदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् प्रवाह पुनः सुचारु भएको छ । अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ। नेपाल र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको सम्झौताअनुसार प्रत्येक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई विद्युत् उपलब्ध गराउने व्यवस्था छ । यसैबीच, भारतबाट थप ३१ मेगावाट विद्युत् निर्यातको नयाँ स्वीकृति पाएसँगै नेपालबाट भारततर्फ निर्यात गर्न पाउने कुल स्वीकृत क्षमता १ हजार १७९ मेगावाट पुगेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित