Logo
Logo
समाज

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिन

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २० गते ११:१८
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिनका लागि विस्तार गरेको छ।

एनसेलका अनुसार प्रभावित क्षेत्रमा सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भदौ २० गतेदेखि भदौ २६ गतेसम्म निःशुल्क सेवा निरन्तर रहनेछ।

यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गतेदेखि प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा दिने घोषणा गरेको थियो। त्यसपछि उक्त अवधि थप ७ दिन बढाएर भदौ १९ गतेसम्म पुर्‍याइएको थियो। अहिले पुनः एक साताका लागि सेवा विस्तार गरिएको हो।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार प्रभावित क्षेत्रमा अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेका छन्। विपद्को समयमा निःशुल्क सञ्चार सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहयोग पुग्ने उनले बताए।

बाढीका कारण एनसेलका २७ वटा टावर अवरुद्ध भएका थिए। कम्पनीले नुवाकोटको त्रिशुलीमा रहेको २५औँ टावरसमेत पुनः सञ्चालनमा ल्याएको जनाएको छ। रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर भने पूर्ण रूपमा नष्ट भएको छ।

त्यस्तै, रसुवाको उत्तरगया–तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पुर्‍याएर सेवा पुनः सञ्चालन गर्न समन्वय भइरहेको एनसेलले जनाएको छ।

एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै खोज, उद्धार, राहत तथा जनचेतनामूलक कार्यमा समेत सहयोग गर्दै आएको जनाएको छ। सम्बन्धित निकायबाट जारी जानकारीमूलक सन्देशहरू एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणसम्म पुर्‍याउँदै आएको कम्पनीको भनाइ छ।

यसैबीच, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित