बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट) मा सञ्चार सेवा पुनः सञ्चालनमा ल्याएको छ ।
टेलिकमले आज रसुवाका जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सेवा सञ्चालनमा ल्याएको हो ।
यससँगै बाढीबाट प्रभावित भएका नेपाल टेलिकमका कुल १२० मध्ये ११० साइट सञ्चालनमा आएका छन् ।
जिबजिबे टावर सञ्चालनमा आएसँगै भोर्ले, चिती, गाइसौरा, भोर्लेलगायत नौकुण्ड गाउँपालिका–५ र ६ का विभिन्न स्थानका सेवाग्राहीले सञ्चार सेवा प्राप्त गरेका छन् ।
सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने टेलिकमले जनाएको छ ।
धादिङको बेनीघाट साइट सञ्चालनमा आएपछि बेनीघाट बजार तथा आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ ।
नुवाकोटको त्रिशूली साइट सञ्चालनमा आएसँगै त्रिशूली बजार, ढुङ्गे तथा आसपासका क्षेत्रमा सेवा पुनः सहज भएको छ ।
बाढीका कारण अवरुद्ध भएका बाँकी साइटहरू पनि क्रमशः सञ्चालनमा ल्याउने कार्य भइरहेको नेपाल टेलिकमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



