Logo
Logo
समाचार

अवैध सामान नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

घटनामा दुई जना प्रहरी घाइते भएका छन् भने आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १७ गते २३:१९
६९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

कैलाली । कैलालीमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । घटनामा दुई जना प्रहरी घाइते भएका छन् भने आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरीको हात र जोशीको अनुहारमा चोट लागेको छ । दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीमाथि आक्रमण गरेको आरोपमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, साउँद र धन बहादुर गम्भीर साउँदलाई पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले सामान ओसारपसारमा प्रयोग गरेका से ४ प ११७१ र सुपप्र ०१–०११ प ६४१ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

घटनामा संलग्न केही व्यक्ति फरार रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित