अर्थमन्त्रीसँग निजी क्षेत्रको आग्रह : व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्नुहोस्
सबैले निजी क्षेत्रलाई गाली मात्र गर्ने काम भयो, ‘उनले भने, परिवर्तनको सोचबाट आउनु भएका तपाईंहरू अब त्यो नगरिदिनुहोस् । उनले बाढी प्रभावितको पुनरुत्थानमा निजी क्षेत्रले हातेमालो गर्ने समेत बताए ।

२६ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै अगाडि निजी क्षेत्रका छाता संगठनका प्रमुखले राज्य र सरकारका प्रतिनिधिले व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकार र राजनीति वृतबाट व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरे ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २८औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कोभिड महामारीयता नै अर्थतन्त्र अफ्ट्यारोमा रहेको भन्दै यसलाइ हटाउन राज्यकै पहल आवश्यक रहने उनले बताए ।
सरकारको प्रोत्साहनपछि अहिले प्रधानमन्त्री राहत कोषमा रकम राख्न प्रतिस्पर्धा चलिरहेको उनले बताए ।
सो अवसरमा नेपाल उद्योग परिसघका अध्यक्ष वीरेन्द्रराज पान्डेले पूँजीगत खर्च बढाउन सुझाव दिए ।
विधमान कानुनी जटिलता हटाउदै व्यावसायिक लगानी बढाउनु पर्ने समेत उनले बताए । यसमा परिसंघले निरन्तर पहल समेत गरिरहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष अञ्जन श्रेष्ठले विगतदेखि आजसम्म सबै सरकारले निजी क्षेत्रलाई मात्र दोषी देखाउने गरेको भन्दै यसो नगर्न आग्रह गरे ।
‘सबैले निजी क्षेत्रलाई गाली मात्र गर्ने काम भयो, ‘उनले भने, परिवर्तनको सोचबाट आउनु भएका तपाईंहरू अब त्यो नगरिदिनुहोस् । उनले बाढी प्रभावितको पुनरुत्थानमा निजी क्षेत्रले हातेमालो गर्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




