Logo
Logo
समाचार

अर्थमन्त्री वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने

बिहीबार रातिको प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने सत्रमा अतिथिको रुपमा उनी सहभागी भएका हुन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ६ गते १७:४४
३५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका हुन् ।

नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ को विशेष सत्र जारी छ । “निकटताबाट समृद्धिः भारत–नेपाल अवसर” शीर्षकको सत्रमा उनी अतिथि वक्ता छन् ।

यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एनडी टिभी विश्व सम्मेलनको सम्बोधन सत्रमा सहभागी थिए ।

बिहीबार रातिको प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने सत्रमा अतिथिको रुपमा उनी सहभागी भएका हुन् । उक्त सत्रपछि भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा. वाग्लेबीच संक्षिप्त भेट र कुराकानी समेत भएको थियो ।

उक्त सम्मेलनको विशेष सत्रमा भारतीय विदेश मन्त्री डा.एस जयशंकरले सम्बोधन गर्दा पनि वाग्ले अतिथिको रुपमा कार्यक्रममा सहभागी थिए । सो क्रममा उनीहरूबीच परिवर्तन भइरहेको विश्व व्यवस्थाका सम्बन्धमा रोचक प्रश्नोत्तर समेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित