Logo
Logo
समाचार

अमेरिकी मध्यावधि चुनाव : भारतीय मूलकी पिया फ्लोरिडाबाट विजयी

भारतीय आप्रवासी आमाबुबाको सन्तानका रूपमा फ्लोरिडाको पाम बिच काउन्टीमा जन्मिएकी र हुर्किएकी डान्डियाले चुनावी अभियानमा शिक्षा, महँगीको समस्या र आर्थिक अवसरलाई प्रमुख मुद्दा बनाएकी थिइन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १३:५१
२८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । अमेरिकामा मिडटर्म (मध्यावधि) चुनावको नतिजा आउन थालेसँगै डेमोक्रेटिक पार्टीले प्रारम्भिक अग्रता हासिल गरेको अनुमान गरिएको छ ।

यसैबीच, भारतीय मूलकी डेमोक्रेटिक उम्मेदवार पिया डान्डिया फ्लोरिडाको २२औँ कंग्रेसनल डिस्ट्रिक्टबाट विजयी भएकी छन् ।

सीबीएसका अनुसार उनले दक्षिण फ्लोरिडाको चर्चित चुनावी प्रतिस्पर्धामा रिपब्लिकन उम्मेदवार केसी अस्करलाई पराजित गरेकी हुन् ।

डान्डियाको जित सन् २०२६ को मिडटर्म चुनावअघि फ्लोरिडाका गभर्नर रोन डेसान्टिसको नेतृत्वमा गरिएको निर्वाचन क्षेत्र पुनर्सीमांकनपछि बनेको नयाँ निर्वाचन क्षेत्रमा डेमोक्रेटिक पार्टीको सफलताका रूपमा हेरिएको छ ।

डान्डिया यसअघि हार्लेममा शिक्षिका तथा हाईस्कुलकी प्रिन्सिपलका रूपमा कार्यरत थिइन् । उनले ह्वाइट हाउस फेलोका रूपमा पनि काम गरेकी छन् । त्यसैगरी, उनले एप्पलमा समेत काम गरेको अनुभव छ ।

भारतीय आप्रवासी आमाबुबाको सन्तानका रूपमा फ्लोरिडाको पाम बिच काउन्टीमा जन्मिएकी र हुर्किएकी डान्डियाले चुनावी अभियानमा शिक्षा, महँगीको समस्या र आर्थिक अवसरलाई प्रमुख मुद्दा बनाएकी थिइन् ।

उनका प्रतिस्पर्धी केसी अस्कर नेपल्सका व्यवसायी तथा अमेरिकी मरीन कोर्प्सका पूर्वसैनिक हुन् । उनले रेस्टुरेन्ट फ्रेन्चाइज व्यवसायबाट आफ्नो करिअर बनाएका हुन् ।

चुनावी अभियानका क्रममा उनले आफूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारका नीतिहरूको समर्थकका रूपमा प्रस्तुत गरेका थिए ।

डान्डियाले गत अगस्टमा डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचन जित्दै मुख्य चुनावका लागि उम्मेदवारी निश्चित गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित