Logo
Logo
समाचार

अमेरिकाबाटै धुर्मुस–सुन्तलीको कलाकारितामा सुखद पुनरागमन

कमेडी श्रृंखला ‘म त मर्छु कि क्या हो ।’ धुर्मुस–सुन्तली युट्यूव च्यानलबाट गत शुक्रबार सार्वजनिक भएको पहिलो एपिसोडले दर्शकको बलियो साथ पाएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २९ गते २३:४७
३३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । झण्डै एक वर्षदेखि अमेरिकामा रहेका कलाकार जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले त्यतैबाट कलाकारितामा पुनरागमन गरेका छन् ।

उनीहरुले नेपाली दर्शकहरुका लागि अमेरिकाबाटै पठाएको कोशेली हो– कमेडी श्रृंखला ‘म त मर्छु कि क्या हो ।’ धुर्मुस–सुन्तली युट्यूव च्यानलबाट गत शुक्रबार सार्वजनिक भएको पहिलो एपिसोडले दर्शकको बलियो साथ पाएको छ ।

यसलाई ३ दिनमै पाँच लाख २५ हजारभन्दा बढीपटक हेरिएको छ भने एक हजारभन्दा बढीले कमेन्ट गरेका छन् । कमेन्टमा अधिकांसले धुर्मुस–सुन्तलीले देश बाहिरैबाट भए पनि अभिनयलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरेका छन् ।

नेपालमा क्रिकेट रंगशालामा निर्माणमा होमिएपश्चात धुर्मुस–सुन्तलीको कलाकारिता जीवन विथोलिएको थियो । उक्त निर्माणाधिन रंगशाला भरतपुर महानगरको जिम्मा लगाएपछि पनि उनीहरुले सन्तोषको सास फेर्न सकेनन् ।

कारण, रंगशालामा लागेको १८ करोडभन्दा बढी ऋण अझै फरफारक भएको छैन । यही विषय सल्टाउन धुर्मुसले पाँच वर्षसम्म सरकारी निकायको चक्कर लगाए पनि कुनै समाधान निस्किएन ।

यही तनावका बीच धुर्मुस–सुन्तली आफ्नी एकमात्र छोरी सुविहानीको स्वास्थोपचारका लागि भनेर गत वर्ष सपरिवार अमेरिका गएका हुन् । अमेरिकाको अस्पतालमा सुबिहानीको लामो उपचार प्रक्रिया जारी रहेको छ ।

शारीरिकरुपमा स्वस्थ नभए पनि सुविहानीले ‘म त मर्छु कि क्या हो’ बाट अभिनयमा डेब्यू गरिन् । र, पहिलो प्रयासमै उनी सफल भएकी छन् ।

यो श्रृंखलामा सुबिहानीको अभिनय कुनै सिद्धहस्त कमेडियनको भन्दा कम छैन । उनको अभिनयमा बुवा र आमाको मिश्रित प्रभाव देखिन्छ । कमेन्टमा धेरैले सुबिहानीको तारिफ गरेका छन् ।

पहिलो एपिसोडको कथावस्तु भने चाहेजति दमदार बन्न सकेको छैन । धुर्मुस जुन मनोदशामा छन्, यसले पक्कै पनि उनको सिर्जनशीलतालाई प्रभावित बनाएको हुनसक्छ ।

यद्यपि आगामी एपिसोडहरुमा रोचकता थपिँदै जाने उनले बताएका छन् । यसको केही भाग नेपालमा पनि सुटिङ गरिएको छ, जुन ‘विशेष’ हुने बुझिएको छ ।

‘म त मर्छु कि क्या हो’को प्रशारण भदौको दोस्रो साता नै सुरु गर्ने धुर्मुसले तयारी गरेका थिए । तर रसुवामा विनाशकारी बाढी आएपछि दुई साता पछि धकेलियो । नेपालमा कुनै पनि प्राकृतिक प्रकोप हुँदा तत्काल घटनास्थल पुगेर राहत र उद्दारमा जुटिहाल्ने धुर्मुस यसपाली निकै ‘मिस’ भए ।

सात समुद्रपारी रहेका उनी सामाजिक सञ्जालमा आएका समाचारहरु हेरेर छट्पटाउँदै बसे । स्थिति अलि सामान्य भएपछि उनले ‘म त मर्छु कि क्या हो’ लाई युट्यूवमा राखेका हुन् ।

दर्शकको प्रतिक्रियाले आफूहरु निकै उत्साहित बनेको धुर्मुस बताउँछन् ।

उनी भन्छन्, ‘यति लामो ग्यापपछि नयाँ सिरियल लिएर आउँदा दर्शकहरुले स्वीकार्नु हुने हो कि होइन भन्ने चिन्ता थियो । तर पहिलो एपिसोडको प्रतिक्रियाले हामीलाई एकदमै उत्साह बढाएको छ । हामीले सोचेभन्दा बढी दर्शकको माया पाएका छौं ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित