Logo
Logo
समाचार

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ५ गते १३:३९
३८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिहीबार करिब ०१:३० बजे ट्यांकीमा सर्ट सर्किट भई एक्कासि आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको र आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा करिब ०२:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित