Logo
Logo
समाचार

अमरेशको आक्रोश- सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिराछ

उनले भने, हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ। तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २५ गते १९:५१
१३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारलाई चर्को आक्रोश पोखे।

उनले भने, संविधान अनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ। चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ। उनले प्रधानमन्त्री सांसदप्रति उत्तरदायी हुनुपर्ने बताए।

उनले भने, हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ। तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ। यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन।

उनले प्रधानमन्त्री सल्लाहकारमा केन्द्रित भएको भन्दै आक्रोश पोखे।

उनले थपे, ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला। सरकारका केन्द्र मैले सिंहदरबार हुन्छ मैले बुझेको छु। तर सरकारका केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिराछ।’

उनले सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर राति एक बजे बोलाएर कन्चटमा पेस्तोल भिराएको आरोप लगाए।

उनले थपे, ‘म त्यो घटनाको पनि चर्चा गर्न चाहन्न, कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ। गौरीकुमारी यादवले रातमा प्रहरी परिचालन गरेको थियो, त्यही दिनमा राजीनामा दिनुपर्थ्यो। प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीका अधिकार हुन्छ जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्नुहुन्छ उहाँले चित्त बुझेन भने।सबै अधिकार प्रधानमन्त्रीमा हुन्छ। तर प्रधानमन्त्री वा सचिवालयले मन्त्रीलाई पक्राउ गर्न पठाउँछन्।’

प्रधानमन्त्रीको सचिवालयको केही व्यक्तिहरूको कुरा सुन्दा आफैँ झसङ्ग हुने बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित