Logo
Logo
समाचार

अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’-सिके राउत

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २८ गते ००:५९
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चा अधिकार, आत्मसम्मान र स्वायत्तताको लडाइँका लागि निर्माण भएकाले यसलाई टिकाएर अघि बढाइने बताएका छन् ।

शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै राउतले विगतका मधेस आन्दोलन, जनयुद्ध तथा अन्य आन्दोलनहरू सम्झौतामै टुंगिँदा जनताका अपेक्षा पूरा हुन नसकेको दाबी गरेका हुन् । उनले अब अधिकार प्राप्तिका लागि निर्णायक आन्दोलन आवश्यक रहेको बताउनु भयो । राउतले मोर्चा केवल नेताहरूको तहमा सीमित नरहने भन्दै गाउँ–गाउँ र वडा–वडामा संगठन विस्तार गर्नुपर्ने बताए । पाँच औँला एक ठाउँमा मिल्दा मुठ्ठी बन्ने उदाहरण दिँदै उनले अधिकार प्राप्तिका लागि उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायबीच एकता आवश्यक रहेको बताए । उनले मोर्चा सरकार गिराउने वा बनाउने उद्देश्यले मात्र गठन नभएको दाबी गर्दै जनताको अधिकार, आत्मसम्मान र प्राप्त उपलब्धिको रक्षा गर्नु यसको मुख्य उद्देश्य भएको बताए ।

संघीयता, स्वायत्तता र समानुपातिक समावेशिताजस्ता उपलब्धि गुम्न सक्ने खतरा रहेको भन्दै उनले त्यसको रक्षाका लागि संगठित हुनुपर्नेमा जोड दिए । राउतले वर्तमान सरकार मधेसको शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वैदेशिक रोजगारी तथा सीमावर्ती जनताको सम्मान र सुरक्षाका सवालमा असफल भएको आरोप लगाए । उनले सरकारको आलोचना गर्दै मधेसका जनताले आफ्ना अधिकारका लागि आफैँ निर्णायक भूमिका खेल्नुपर्ने बताए ।

उनले विगतमा मधेसका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका ठूला दलहरूले पर्याप्त काम नगरेको आरोपसमेत लगाए । मधेसका समस्या समाधान गर्ने जिम्मेवारी अन्ततः मधेस केन्द्रित दलहरूकै भएको भन्दै राउतले अन्य दलबाट अधिकार प्राप्त हुने भ्रममा नपर्न आग्रह गरे । अग्रगामी मोर्चामा विभिन्न राजनीतिक धार, आन्दोलनका अनुभव र नेतृत्वलाई समेटिएको उल्लेख गर्दै उनले मोर्चा टिक्ने दाबी गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित