अदालती विवाहलाई सांस्कृतिक विधिबाट पूर्णता दिँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा जुटेका छन् । धेरै बर्षअघि गरेको अदालती विवाहलाई उनले अब सांस्कृतिक विधिसहित पूर्णता दिन खोजेका हुन् ।
निकटस्थ स्रोतका अनुसार मंसिरमै विवाह गर्ने गृहमन्त्रीको तयारी छ । मंसिर १७ वा १८ गते हुन सक्ने स्रोत बताउँछ ।
गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई विवाहको निम्तो दिइसकेका छन् । हिजो उनले लामिछानेलाई निवासमै गएर भेटेका थिए ।
गृहमन्त्रीले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि निम्त्याउने कोशीसमा छन् शाहको समय लिन प्रयास गरिरहेको स्रोत बताउँछ । दुवैतर्फका परिवारको उपस्थितमा गृहमन्त्रीको गृहजिल्ला गोरखामा विवाह हुने छ ।
निकटस्थका अनुसार गृहमन्त्री गुरुङको ७–८ वर्षअघी नै अदालति विहे गरेका हुन् । विवाहपछि उनी पत्नी अमेरिका पलायन भएकी थिइन् ।
केही समयअघि मात्रै उनी अमेरिकाको बसाई सँधैका लागि त्यागेर नेपाल फर्किएकी छन् ।
गुरुङ दम्पत्तिको अहिलेसम्म बच्चा भएको छैन । गृहमन्त्री हुँदा नै विवाह गरेर बच्चाको प्लानिङ गर्ने योजना गुरुङले बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




