Logo
Logo
समाचार

आनीको नियुक्ति विवादमा सर्वोच्च अदालतमा रिट दायर

लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ८ गते १७:३१
२६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । उक्त नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले रिट दायर गरेको हो ।

अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट आनीलाई नियुक्त गरिएको जिकिरसहित खारेज गर्न माग गरिएको छ । 

अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउँदै संगठनले सरकारको बारम्बार ध्यानाकर्षण गराउनुका साथै पटक-पटक खबरदारी गर्दै आएको थियो । तर, अभियानले उठाएका प्रश्न र सार्वजनिक चासोलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई दलबलसहित कोषमा उपस्थित गराई कार्यभार सम्हाल्ने वातावरण बनाएको अभियानको आरोप छ ।

नियुक्तिको कानुनी वैधता परीक्षण गर्न तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको अभियानले जनाएको छ । उक्त रिटको पेशी भोलि (९ गतेलाई) तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित